यस्तो रहेछ एनसेल टावर विस्फोट गर्नुका ४ कारण,पर्चामा भेटियो इन्कलाव जिन्दावाद !


 


काठमाडौं– देशका विभिन्न स्थानमा रहेका एनसेल टावरमा शुक्रबार साँझ विष्फोट र आगलागीको घटना भए।घटना कसले र किन गरायो भन्ने कुराको अनुसन्धान प्रहरीले गरिरहेको छ। यसरी रहस्यमयी तवरले भएको घटनाबारे नयाँ तथ्य फेला परेको छ।

घटनास्थलमा ‘जय जनता’ नामको एउटा पर्चा फेला परेको छ। पर्चामा एनसेल माथिको कारबाही किन गरिएको भन्ने चार कारणहरू छन्।एनसेलले ७२ अर्ब कर नतिरेकाले, सर्वोच्च अदालतको फैसला समेल उल्लंघन गरेकाले, नाफा रकमको केही अंशसम्म पनि नेपालमा लगानी नगरी पुरै रकम विदेश निर्यात गरेकाले र राष्ट्रिय स्वाधिनता र सार्वभौम सत्तामाथि खलल पुर्‍याउने गरी दलाल पूँजीवादलाई संस्थागत गरेकाले एनसेल टावरमा आगलागी गराइ चेतावनी दिएको पर्चामा उल्लेख छन्।

पर्चामा यदि, एनसेलले सांकेतिक कारबाहीको अवज्ञा गरी यथाशीघ्र कर चुक्ता गर्ने काम नगरे कडा कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ।

पर्चामा अन्तिममा भनिएको छ–इन्कलाव जिन्दावाद
वैज्ञानिक समाजवाद–जिन्दावाद

प्रकाशित मिति: ११ फाल्गुन २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्