नेकपा पार्टी एकता : समानान्तर प्रतिवेदन अध्यक्ष ओलीलाई बुझाउने तयारी


 


काठमाण्डौँ, फागुन १२

नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले कार्यदल भंग गरेपछि त्यसमा रहेका बहुमत सदस्यहरुले समानान्तर प्रतिवेदन तयार पारेका छन् । यसप्रति अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्टि देखिएको स्रोतले बताएको छ ।

हिजो नै बहुमत सदस्यले प्रधानमन्त्री तथा अध्यक्ष ओलीसँग समानान्तर प्रतिवेदन बुझाउनका लागि समय मागेका थिए । तर ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समय दिनुभएन । आज प्रतिवेदन बुझाउने तयारी भएको सदस्य बेदुराम भुसालले जानकारी दिनुभयो । रामबहादुर थापा नेतृत्वमा रहेको समितिले यसअघि बुझाएको प्रतिवेदन अपुरो रहेको भन्दै विवादित विषय समावेश गरेर समानान्तर प्रतिवेदन तयार भएको छ ।

त्यसमा जिल्ला कमिटीको नेतृत्व बाँडफाँट मापदण्ड, विधिसहितको संगठनात्मक एकीकरणको प्रस्ताव समावेश गरिएको छ । ९ सदस्य कार्यदलमा रहेका सदस्यहरुमध्ये योगेश भट्टराई, वर्षमान पुन, लेखराज भट्ट, बेदुराम भुसाल र सुरेन्द्र पाण्डेले तयार पार्नुभएको हो । बाह्रखरीबाट

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्