कञ्चनपुरमा पत्रकार माथि भारतिय सैनिकको आक्रमण क्यामरा खोसे


 


काठमाडौं १२ फागुन ।

जनताको आावाज दिनदुखीको सहारा लोकप्रिय कार्यक्रम इन्द्रेणी कहिले स्टुडियो बाट कहिले देशको विभिन्न ठाउँबाट प्रसारण हुने एक मात्र कार्यक्रम हो । कार्यक्रमको दौरानमा कञ्चनपुर पुगेका कार्यक्रम सञ्चालक कृष्ण कंडेल लगायत इन्द्रेणी टिममाथि आक्रमण भएको छ । नेपाल र भारतको सिमानामा रहेको कञ्चनपुरमा पुगेर कार्यक्रम सञ्चालन गर्ने क्रममा क्यामरा मेन दिपक घिमिरेले खिचिरहेको क्यामरा खोसेर खिचिएको सामाग्री डिलिट गरिदिएका छन् ।

मनोरंजन को साथ-साथमा विभिन्न समाजसेवा गर्दै आइरहेको इन्द्रेणी टिम ,देश-विदेश मा छरिएर रहेका सम्पूर्ण नेपालि हरु को मन मुटुमा बस्न सफल भएको छ । खास गरि प्रदेश मा रहनुहुने दाजु-भाई दिदि बहिनि हरुको मन जित्न सफल छ ।

विभिन्न समाजसेवा को साथ लिएर इन्द्रेणी टिमले धेरै गरिब दिनदुखीहरुको लागि सहयोग संकलन अभियान पनि सञ्चालन गर्दै आएका छन् । इन्द्रेणी कार्यक्रमको संचालक कृष्ण कंडेल लगायत इन्द्रेणी टीम कञ्चनपुर पुगेर कार्यक्रम निर्माण गरिरहदा क्यामरा खोसेर खिचिएको भिडियो डिलेट गरिदिएका छन् भारतीयबल सैनिक हरुले । तपाईं के भन्नू हुन्छ ?

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्