राष्ट्र संघको उच्च पदमा नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का


 


काठमान्डौ फागुन १२
नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी थिइन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन्। पि थ्री तहको पदमा थोरै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् ।

इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने छिन्। विश्वभरीका प्रहरीबाट उनी सो पदका लागि छनोट भएकी हुन् । यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा देखाएको क्षमता र अन्तरवार्ताका आधारमा उनी सो पदमा छनोट भएकी हुन् । डिएसपी खड्का नेपाल प्रहरीको क्षमतावान प्रहरी अधिकृतका रुपमा चिनिन्छिन् । उनका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी छन् ।
म्याग्दी जिल्लामा समेत डिएसपीको भूमिका निर्वाह गरेकी खड्काले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।
जिल्लाका ग्रामिण क्षेत्रसम्म पुगेर महिला तथा बालबालिकाको क्षेत्रमा समेत काम गरेकी खड्काले म्याग्दीबाट आफ्नो सेवामा धेरै सिक्ने अवसर पाएको बताईन् ।

प्रकाशित मिति: १२ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्