झापामा एक लाख धार्मिक पर्यटक भित्र्याइने


 


झापा, फागुन १३

झापाको मेचीनगर–८ स्थित निन्दा नदी किनारमा अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम ‘विराट सत्सङ समारोह–२०७५’ हुने भएको छ । नेपाल मानव धर्म सेवा समितिको आयोजनामा यही फागुन २३ र २४ गते विराट सत्सङ समारोह हुन लागेको आइतबार यहाँ पत्रकार सम्मेलनको आयोजना गरी समितिले जानकारी दिएको हो ।

समारोहमा नेपाल, भारत, भूटान, अमेरिका, बेलायत, अष्ट्रेलियालगायत विभिन्न मुलुकका १०० भन्दा बढी सन्तमहात्मा आउनुका साथै झापामा एक लाखभन्दा बढी धार्मिक पर्यटक भित्र्याइने नेपाल मानव धर्म सेवा समितिका केन्द्रीय अध्यक्ष ठाकुरप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सामाजिक सद्भाव, आध्यात्मिक शान्ति र आध्यात्मिक चेतना अभिवृद्धिका लागि समितिले हरेक वर्ष अन्तर्राष्ट्रियस्तरको धार्मिक कार्यक्रम गर्दै आएको र यसपटक झापामा गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।

समारोहमा मानव धर्मका प्रणेता सद्गुरु श्री सतपाल महाराजबाट आर्शिवचन प्रदान हुनेछ । उद्घाटन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, सिक्किम विधानसभाका सभामुख केएन राईलगायत आउनुहुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्