पार्टीको बिग्रियो भनेर अन्तरवार्तामा धरधरी रोइन झाँक्री, अध्यक्ष ओली गम्भीर नभएकोमा चिन्ता (भिडियो)
काठमाडौ रामकुमारी झाँक्री नेपाली राजनीतिमा नयाँ नाम होइन । बिद्यार्थी राजनीतिबाट उठेकी झाँक्री हाल सत्तारुढ दल नेकपाको केन्द्रीय सदस्य र सांसद पनि छन् । आफनो जीवनमा निकै उतारचढाव भोगेकी झाँक्री पटक–पटक राजनीतिक उतारचढावको शिकार पनि बनिन् ।
निकै संघर्षशील र जुझारु व्यक्तित्व भएकी झाँक्रीलाई राजनीतिबाटै बिस्थापित गराउने थुप्रै प्रयास पार्टी भित्र र बाहिरबाट भए, हुँदैपनि छन् । सामान्य बिषयवस्तुलाई उछालेर सामाजिक संजालमा कुप्रचार गरी उनको मनोबल गिराउने प्रयास पनि नभएका होइनन् । तर, सबै प्रकारका दुव्र्यवहार सहेर भएपनि राजनीतिको यात्रालाई उनले अघि बढाएकी छिन् ।
नेतृ झाँक्रीको पछिल्लो समय पुनः चर्चा चलेको छ । संसद्को अर्थ समितिमा मेलम्ची खानेपानी आयोजना र नेपाल टेलिकमको फोर जी सेवा बिस्तारमा जुन कडाइकासाथ उनी प्रस्तुत भइन् त्यसले मुलुकमा बढ्दै गएको भ्रष्टाचारबारे थुप्रै कुरा बाहिर ल्याउन मद्दत गरेको छ ।
नेतृ झाँक्रीसंग जम्काभेट हुँदा उनले धक फुकाएर कुरा गरिन् । त्यसक्रममा उनको पार्टी नेकपा र सरकारको कुरा भयो ।
प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार












