विप्लवले भन्यो -बम बिस्फोटमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति हामी दिन्छौ (अन्तरबार्ता सहित) !


 


१३ फागुन, काठमाडौं । शुक्रबार साँझ ललितपुरको नख्खुस्थित एनसेल कार्यालय अगाडि भएको बम बिस्फोटनमा एकजना निर्दोष नागरिकको मृत्यु भयो, दुईजना घाइते बने । यो घटनामा कसको संलग्नता छ भनेर प्रहरीले खोजिरहेकै बेला आइतबार बीबीबी नेपाली सेवामा अडियो वार्ता प्रसारण भयो, जसमा विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीले बम विस्फोट जिम्मा लिँदै बटुवाको मृत्यु भएको स्वीकार गरे ।

गृहमन्त्रालयमा बसेको उच्चस्तरीय सुरक्षा बैठकले यो घटनालाई विप्लव समूहले राजनीतिक आवरणमा हिंसात्मक गतिविधि गर्न थालेको निष्कर्षका रुपमा विश्लेषण गर्‍यो । त्यसलगत्तै गृहमन्त्रालयको निर्देशनअनुसार प्रहरीले विभिन्न जिल्लाबाट २६ जना विप्लवका कार्यकर्तालाई नियन्त्रणमा लियो ।

विप्लव माओवादी भन्छ( मृतकका परिवारलाई राहत दिन्छौं

यसैवीच विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वलीले बीवीसी नेपाली सेवालाई आइतबार दिएको अन्तरवार्तामा नख्खुको बम बिस्फोटनको जिम्मा लिएका छन् । बाटो हिँड्दै गरेका मानिसलाई बमले लागेकोका दुःख प्रकट गर्दै उनले मृतकका परिवारलाई आफ्नो तर्फबाट राहत दिने वलीले बताएका छन् ।

वलीले बीबीसीसँगको फोन वार्तामा भनेका छन्( ‘अब यस्तो, क्रान्तिका दौरानमा सानातिना घटनाहरु हुन्छन् । ‘जुन बटुवा, त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।’

बीबीसी र हेमन्तप्रकाशवीचको कुराकानी जस्ताको त्यस्तै(

बीबीसी( एउटा बटुवा बाटो हिँडिराख्दा, घर जान लागेको मान्छे, घर पुगेन, ज्यान गुमायो अनाहकमा । यसलाई सानोतिनो घटना भन्न मिल्छ रु

हेमन्तप्रकाश– हैन, हामीले त्यस्तो भनेकै छैनौं ।

बीबीसी( अहिले भर्खर तपाईले सानोतिनो घटना हुन जान्छ भन्नुभयो ।

हेमन्तप्रकाश( यस्तोचाहिँ घटनाहरु हुन सक्छन्, हैन रु तर, चाहिँ हामीले यो कुनै निशाना हैन । जुन, बटुवा, जो मानिसचाहिँ त्यहाँ हिँड्दै हुनुहुन्थ्यो, त्यसमा चाहिँ लाग्न पुग्यो, त्यसप्रति हामीले दुःख प्रकट गरिसकेका छौं ।

बीबीसी( यसरी दुःख प्रकट गरेर वा क्षमा याचना गरेर ज्यान फर्काउन सकिन्छ त हेमन्तजी ?

हेमन्तप्रकाश( त्यसो त तपाईको चाहिँ सिरियाका लाखौं जनताको त ज्यान र्फकँदैन नि ।

बीबीसी( हेमन्तजी, तपाईकै शब्द सापटी लिनुपर्दा कुनै कम्पनीले लुटेको छ भने राज्यका विभिन्न निकायहरु छन्, न्यायपालिका छ । यहाँभित्र दबाव दिने अथवा त्यसरी बम बिस्फोट गराएर अनि त्यो के फर्किन्छ रु त्यसरी तपाईले भनेको उद्देश्य या ध्येय प्राप्त हुन्छ रु

हेमन्तप्रकाश( तपाईले के बुझ्नोस् भने न्याय पालिका अथवा सरकारका कुनै पनि निकायले त्यसप्रति ध्यानै दिएनन् । स्वयं न्यायालय नै त्यसबाट प्रभावित हुने‘।

बीबीसी( यहीँनेर रोक्न खोजें हेमन्तजी, त्यसो भए एउटा पार्टी नै राज्य, व्यक्ति नै न्यायपालिका हुन पाउँछ ?

हेमन्तप्रकाश( हैन, यो राज्य अन्यायपूर्ण छ भनेर हामीले त्यसका विरुद्ध वैकल्पिक र प्यारालाल राज्यकै घोषणा गरिसकेका छौं ।

बीबीसी( सरकारले तपाईहरुले भनेकै शब्लमा यो वैकल्पिक राज्यले अनाहकमा ज्यान लियो नागरिकको, ठाउँठाउँमा विस्फोट गरायो, यसको चाहिँ कडाभन्दा कडा कारवाही गर्छौं भनेर भनेको छ राज्यले । अब त्यो कारवाहीका लागि तयार हुनुहुन्छ तपाईहरु रु

हेमन्तप्रकाश( यसरी सरकारले चाहिँ फेरि न्यायपूर्ण कार्यलाई अन्यायपूर्ण तरिकाले चाहिँ आउन थाल्यो भने नेपाली जनताले चाहिँ नराम्रोसित प्रतिरोध गर्नेछन् । यसको साथसाथै राज्यसत्ताबाटै लखेटेर नयाँ राज्यसत्ता पूर्णरुपमा स्थापित गर्नेछन् ।

बीबीसी( तपाईले कुन नेपाली जनताको कुरा गर्नुभयो रु त्यो विस्फोटको सर्वत्र निन्दा र भत्सर्ना हुँदैछ, ती चत्सर्ना गर्ने नेपाली जनता हैनन् ?

हेमन्तप्रकाश( हैन, हामीले त भनिसक्यौं त, हामीले मुख्य काम जे गर्न खोजेका थियौं, त्यसमा चाहिँ केही त्रुटीहरु हुन गए । ती जुन नेपालीले ज्यान गुमाए, त्यसप्रति चाहिँ दुख प्रकट गर्दै उहाँको परिवारको राहतका लागि हामी आफ्नो तर्फबाट कदम अगाडि बढाउने छौं ।

बीबीसी( अब अन्त्यमा हेमन्तजी, तपाईहरुले भन्ने गरेको यो क्रान्तिका लागि अझ कति निर्दोष नेपालीले ज्यान दिनुपर्छ रु र, जसको बलिदानीको उपलब्धीमा टेकेर तपाईहरुले राजनीतिक स्वार्थ पूरा गर्नुहुन्छ‘

हेमन्तप्रकाश( हैन, योचाहिँ कुरा हामीले आज प्रचण्ड र बाबुरामहरुलाई पनि सोध्नुपर्छ । बादलहरुलाई पनि सोध्नुपर्छ । किनभने उनीहरुले चाहिँ अनाहकमा १७ हजार मानिसको ज्यान लिएका छन्, तिनीहरुलाई सजायँ हुनुपर्छ । र, हामीचाहिँ यस्ता कमी कमजोरीहरु हुन नदिनका लागि पूर्णरुपले सचेत हुनेछौं ।

बीबीसी( तपाईहरुले वार्ताको कुरा पनि गर्नुभएको छ, यो वार्ता चाहिँ सरकारलाई अल्झाउने खेल त होइन नि ।

हेमन्तप्रकाश( हामीले वार्ताको कुरा गरेका हैनौं, उनीहरुले गरेको वार्ताको कुराको जवाफ कहिलेकाहिँ दिने गरेका छौं ।

बीबीसी( तपाईहरु शान्तिपूर्ण तरिकाले समस्याको समाधान होस् तपाईहरुका माग सम्वोधन होस् भन्ने पक्षमा हुनुहुन्न रु

हेमन्तप्रकाश( हैन, हामी समस्याको समाधान होस् भनेर पर्खिराखेका छौं । तर, पनि कुनै समस्याको समाधान हामीले नदेखेपछि अगाडि बढ्नुको विकल्प छैन ।

बीबीसी( ए, त्यो पर्खिँदै गर्दा यता विस्फोट पनि गराइहाल्नुभो, वार्ताबाट निकास निस्कोस् भन्ने त्यतिसम्म कुर्न सक्नुभएन ।

हेमन्तप्रकाश( हैन, वार्ता गर्नै चाहँदैन सरकारचाहिँ । वार्ताको कुनै विषयवस्तु नै क्लियर छैन । अब हामीले वार्ता केमा गर्छौं भने १७ हजार मानिसले संसदीय व्यवस्थाका विरुद्ध बन्दूक उठाएर त्यहीँ काँधमा काँध मिलाउन जाने भनेका थिएनन् । त्यस्तै किसिमले हामीले ८० प्रतिशत भूभाग कब्जा गरेका थियौं, त्यो चाहिँ यथावत रहनुपर्दछ । हामीसित ४० हजार जनमुक्ति सेना बनेको थियो, त्यो चाहिँ पुनर्निर्माण गर्नुपर्दछ । त्यो किसिमले वार्ता गर्ने भएचाहिँ हामी तयार छौं ।

बीबीसी( विगतको नेतृत्वले गल्ती गर्‍यो भनेर आफैंले भन्नुभयो । र विगतको नेतृत्वले जुन काम गर्‍यो, जुन बाटोमा हिँड्यो, त्यही बाटो तपाईहरु अपनाउँदै हुनुहुन्छ, तीभन्दा तपाईहरु कसरी फरक हुनुभयो रु

हेमन्तप्रकाश( जुन बाटोमा हामी अघि बढिराखेका थियौं, आमूल परिवर्तनको बाटोमा, क्रान्तिको बाटोमा, वर्ग संघर्ष छाडेर वर्ग समन्वयनतिर लाग्यो र प्रतिक्रियावादीहरुसित साँठगाँठ गरेर चाहिँ सत्तामा पुगेको छ ।

बीबीसी( कतिपयले त के भन्ने गरेका छन् भने तपाईहरुले केही चन्दा माग्नुहुन्छ, मोटो रकम माग्नुहुन्छ, त्यो रकम नपाएपछि तपाईहरुले बिस्फोट गराउने गर्नुहुन्छ । तपाईहरुको यो कुनचाहिँ वाद हो ?

हेमन्तप्रकाश( अब हामीले के बुझौं भन्दाखेरि योचाहिँ भ्रमतिर कोही पनि लाग्न हुँदैन कि हामी कसैबाट मोटो रकम लिनका लागि यस्तोखालको क्रान्तिको जोखिमपूर्ण बाटोमा हिँडिराखेका छौं । योचाहिँ असाध्यै भ्रमपूर्ण कुरा हो ।

प्रकाशित मिति: १३ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्