हेर्नुहोस् दुर्घटनामा पर्नुअघि मन्त्री अधिकारीका अन्तिम तस्बिरहरू


 


ताप्लेजुङ, फागुन १५

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ।

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले घटनास्थलमा पुगेको प्रहरीले सातै शव फेला पारेको जानकारी दिएका छन्। मन्त्री अधिकारीसहितको टोली बुधबार तेह्रथुमको अठराईराई गाउँपालिकाको चुहानडाडास्थित थुम्की डाँडामा एयरपोर्ट निर्माणका लागि स्थलगत निरीक्षण, सम्भाव्यता अध्ययन र स्थानीयसँगको छलफलका लागि गएका थिए।

कार्यक्रमका लागि मन्त्री अधिकारीसहितको टोली बुधबार बिहान ८ वजे पुगेको थियो। त्यहाँको कार्यक्रम सकेर पाथिभरा मन्दिर दर्शन गरेर फर्केन क्रममा मन्दिरबाट १ किलोमिटर टाढा हेलिकप्टर दुर्घटनामा परेको थियो।

हेर्नुहोस् मन्त्री अधिकारीका दुर्घटनामा पर्नुअघिका अन्तिम तस्बिरहरू :

 

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्