हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति प्रदेश नं १ सरकारद्धारा शोक प्रकट


 


विराटनगर, फागनु १५

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सहित ७ जनाको हेलिकोप्टर दुर्घटनामा भएको निधनप्रति प्रदेश नं १ को सरकारले शोक व्यक्त गरेको छ ।

आज आकस्मिक मन्त्रिपरिषद बैठक बसेर प्रदेश सरकारले शोक व्यक्त गरेको हो । यसैबीच प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक शोक वक्तब्य प्रकाशित गर्दे हेलिकोप्टर दुर्घटनाको घटनाले प्रदेश सरकार मर्माहत भएको बताउनुभएको छ । मुख्यमन्त्री राईले जारी गर्नुभएको शोक वक्तव्यमा भनिएको छ, यो दुखद घटनाले हामी सबैलाई स्तब्ध बनाएको छ ।

विद्यार्थी जीवन हुँदै संगठन र संघर्षबाट अगाडि बढ्नुभएका अत्यन्त जुझारु युवा नेता अधिकारी सहित हेलिकोप्टरमा सवार सबै यात्रुको निधनले राष्ट्रलाई ठूलो क्षति पुगेको वक्तव्यमा उल्लेख छ । दुर्घटनामा निधन भएका सबै प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र शोकाकुल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दछु मुख्यमन्त्री राईले जारी गर्नुभएको वक्तव्यमा उल्लेख छ ।

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्