विप्लवका कार्यकर्ता हतियारसहित धरानबाट पक्राउ


 


धरान, फागुन १५

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्ता आज हतियारसहित धरानको पानवारीबाट पक्राउ परेका छन् ।

धरान–५ पानवारी सडकखण्डमा को५प ७५ नंको मोटरसाइकलबाट पूर्वतर्फ जाँदै गरेका मोरङको बेलबारी नगरपालिका–१० का देवकुमार लिम्बूलाई लङ मेशिन गन र एम–१६ गनसहित पक्राउ गरिएको पानवारी प्रहरी कार्यालय धरानले जनाएको छ । रासस

प्रकाशित मिति: १५ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्