मन्त्री अधिकारीको निधनमा आज राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा


 


काठमाडौं 
मन्त्रीपरिषद्को हिजोको बैठकले हेलिकप्टर दुर्घटनामा परी दिबंगत भएका संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ ।साथै मन्त्री अधिकारीको निधनको शोकमा आज राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

दुर्घटनाको समाचार लगत्तै प्रधानमन्त्रीको निर्देशनमा बोलाइएको आकस्मीक बैठकले उक्त निर्णय पारित गरेको हो । सरकारले अकल्पनीय, अप्रत्यासीत र दुःखद घटनाले राष्ट्रलाई अपुरणीय क्षति भएको बताएको छ ।त्यस्तै निर्णयमा नेपाल सरकार यस दुःखद घडीमा अत्यन्त गहिरो दुःख र शोक व्यक्त गर्दै दिवंगत आत्माको चीर शान्तिको कामना गर्दछ’ भनिएको छ ।

चुहानडाँडामा विमानस्थल सम्भाब्यता अध्ययनका लागि पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्