नेकपा सचिवालयको आकस्मिक बैठक बस्दै, अधिकारीको अन्त्येष्टिको तालिका बनाउने


 


काठमाडौं, फागुन १६

नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठक बस्दैछ । हेलिकोप्टर दुर्घटनामा परि निधन हुनु भएका पर्यटनमन्त्री एंव नेकपाका नेता रविन्द्र अधिकारी लगायत दिवंगतहरु प्रति श्रद्धान्जली दिन बैठक बोलाइएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा विहान १० बजे बोलाइएको सचिवालय बैठकले अधिकारीको अन्त्येष्टिको कार्यतालिका बनाउने निर्णय गर्ने बताइएको छ । साथै जिल्लाका पार्टी कार्यालयमा शोक सभा गर्ने, पार्टीको झण्डा झुकाउने लगायतका निर्णय पनि गर्ने बताइएको छ ।

सरकारले हिजोमात्र सात जनाको ज्यान जाने गरी भएको दुर्घटनामा विहिवार राष्ट्रिय शोकसहित विदा दिने निर्णय गरेको छ । यस्तै, अधिकारीको राजकिय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय पनि गरिसकेको छ ।

ताप्लेजुङको मयामस्थित तारेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारी, यती एयरका अध्यक्ष आङछिरिङ शेर्पा, नागरिक उड्ययन प्राधिकरणका उप–महानिर्देशक वीरेन्द्र प्रसाद श्रेष्ठ, प्राधिकरणका निर्देशक ध्रुवदास भोछिभोय बजिमय, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका नीजि अंगरक्षक अर्जुनकुमार घिमिरे र हेलिकप्टरका क्याप्टेन प्रभाकर केसीको निधन भएको थियो ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्