मासु खाने क्रममा हड्डी अड्किएर ज्यानै गयो


 


सुनसरी, फागुन १६

सुनसरीको ईटहरी उपमहानगरपालिका १९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्ने ६१ वर्षिय हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ ।

राती सवा ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछी उपचारको लागि धरान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्