रुदै काठमाडौँ आएका मन्त्री अधिकारीका बुबाआमा भावविह्वल हुदैँ फर्किए पोखरा


 


काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युको खबर सुनेपछि काठमाडौँ आएका अधिकारीको आमाबुबा रुदैँ पोखरा फर्किएका छन् । बुधबार ताप्लेजुङमा भएको विमान दुर्घटनामा परि मन्त्री अधिकारीको निधनभएको खबलले मन अमिलाे बनाउँदै काठमाडौँ आएका स्वर्गीय मन्त्री अधिकारीका माता पिता रुदैँ पुन: पोखरा फर्किएका हुन् ।

उनीहरु मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएपछि पोखरा फर्किएका हुन् । पोखरा फर्किनेमा बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन्। उनीहरू सबै भावविह्वल देखिएका छन्।

मन्त्री अधिकारीको शव काठमाडौंमा राजकीय सम्मान पछि पोखरा लैजाने तयारी गरिएको छ।

प्रकाशित मिति: १६ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्