साउदी जेलभित्र तीन नेपाली महिला सुत्केरी, बाबुको पहिचान छैन्


 


काठमाडौं । साउदी अरबस्थित नेपाली दूतावासले आफ्नो सेल्टरभित्र सुत्केरी भएकी महिलालाई नेपाल फर्काउन सकेको छैन । बाबुको पहिचान नभएका शिशुको ट्राभल डकुमेन्ट बनाउने स्पष्ट आधार नभएकाले सुत्केरीलाई फर्काउन नसकिएको दूतावासले जनाएको छ ।

माघ १५ गते सेल्टरमै सुत्केरी भएपछि एम्बुलेन्स बोलाएर अस्पताल पठाइएकी ती महिलालाई डिस्चार्ज भएलगत्तै दूतावासले डिपोर्टेसन सेन्टर ९जेल० पठाएको छ । एकमहिने शिशुलाई सेल्टरमा राख्न नसकिने भएकाले प्रहरीको सहयोगमा सेन्टर पठाएको राजदूत महेन्द्रसिंह राजपुतले जानकारी दिए ।

बच्चाको बाबु पहिचान नभएकाले उनीहरू तत्काल स्वदेश फर्कन पाउने स्थिति छैन । ‘आमालाई पठाउन समस्या छैन, शिशुलाई पठाउन समस्या हो,’ राजपुतले भने, ‘बाबुको पहिचान भएको छैन । यस्तो अवस्थामा कसरी ट्राभल डकुमेन्ट जारी गर्ने भनेर हामी अलमलमा परेका छौं ।’

साउदी जेलमा तीन सुत्केरी महिला शिशुसहित बसेका छन् । उनीहरू सबै जना घरेलु कामदार ९हाउसमेड० हुन् । कुवेतबाट साउदी ल्याइएका ती महिलाका शिशुको बाबुको पहिचान खुलेको छैन । यस् महिलाको सवालमा दुई समस्या छ एक यीनीहरुदे एक्जिट भिसा ९निश्कने भिषा० र बच्चाको ट्राभल भिसा बनेको छैन् उनले भने नेपाली बाबु भए समस्या छैन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्