मन्त्री अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्रीले ओढाए राष्ट्रिय झण्डा


 


काठमाडौं : ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन् । मन्त्री अधिकारीसहित सातै जनालाई अन्तिम श्रद्धाञ्जली दिन टुँडिखेलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा प्रधानमन्त्री ओलीले मन्त्री अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउँदै श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

राष्ट्रिय झण्डा ओढाइसकेपछि नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका थिए । तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री रवीन्द्र अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभराको दर्शन गरेर काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको दारेभीरमा विमान दुर्घटनामा परेको थियो ।

दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, पर्यटन व्यवसायी तथा यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, पाइलट प्रभाकर केसी र मन्त्री अधिकारीका अंगरक्षक अर्जुन घिमिरको निधन भएको थियो ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्