विद्याले श्रीमानको शव काठको बाकसमा देख्दा…


 


काठमाडौं १७ फागुन
ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराई विछिप्त अवस्थामा टुँडिखेल पुगेकी छिन् ।

आज टुँडिखेलमा भइरहेको श्रद्धाञ्जली कार्यक्रममा मन्त्रीपत्नी अधिकारीको अन्तिम विदाईमा टुँडिखेल पुगेकी हुन् । श्रद्धाञ्जलीका लागि बिहान ८ बजेदेखि ११ बजेसम्म दुर्घटनामा मृत्यु भएका सातै जनाको शव टुँडिखेलमा राखिएको छ ।

श्रद्धाञ्जलीका लागि टुँडिखेलमा टेन्ट राखेर पार्थिव शरीर राख्ने स्थान सजाइएको छ । मन्त्री अधिकारीको पार्थिव शरिरलाई काठको बाकसमा राखिएको छ ।

बिहीबार पोस्टमार्ट गर्न समय लागेका कारण दिउँसो ३ बजे गर्ने भनिएको श्रद्धाञ्जली कार्यक्रम आज बिहानको लागि सारिएको थियो ।

कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु, मन्त्रीहरुलगायत पनि उपस्थित छन् ।

श्रद्धाञ्जलीपछि अन्त्यष्टिका लागि मृतकको शव आजै परिवारलाई बुझाउने बताइएको छ । भने मन्त्री अधिकारीको अन्त्येष्टिका लागि गृह जिल्ला कास्की लगिनेछ ।

बुधबार ताप्लेजुङको फुङ्लिङ नगरपालिका १० को तारेढुंगा भन्ने स्थानमा हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको ज्यान गएको थियो

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्