सडक आन्दोलनबाटै हिन्दु राष्ट्र स्थापना : अध्यक्ष थापा


 


उर्लाबारी, फागुन १७

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सडक आन्दोलनबाटै हिन्दु राष्ट्र स्थापना गर्ने दाबी गर्नुभएको छ ।
पार्टीको मेची महाकाली राष्ट्रिय स्वाभिमान अभियानका क्रममा आज बिहान मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा अध्यक्ष थापाले संसद्मा आफ्नो पार्टीको बहुमत नरहेकाले सडक आन्दोलनबाटै आफुहरुको माग पुरा गराउने बताउनुभएको हो ।

मुलुकमा हिन्दु राष्ट्र कायम गर्नुपर्ने, संघीयताका विषयमा राष्ट्रिय जनमत संग्रह गनुपर्ने लगायतका २२ बुद्धे माग राखेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापत्र बुझाएको बताउनुहुँदै अध्यक्ष थापाले फागुन मसान्तभित्र माग पुरा नभए चैतदेखी देशव्यापी संघर्षमा उत्रने चेतावनी दिनुभयो ।

अध्यक्ष थापाले २०४७ सालयता राजकीय पदमा बसेका ब्यक्तिको सम्पति छानविन गर्न तथा वाइडवडी विमान प्रकरण र एनेसल करका विषयमा छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । बुधबार ताप्लेजुङबाट शुरु भएको राप्रपाको मेची महाकाली राष्ट्रिय स्वाभिमान यात्रा आज मोरङको उर्लाबारीबाट रतुवामाई, रंगेली हुँदै विराटनगरमा पुगेर सभामा परिणत हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: १७ फाल्गुन २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्