२३ गते सयुक्त शोकसभा गर्ने नेकपाको निर्णय, पार्टीको झण्डा आधा झुकाइने


 


काठमाडौं, फागुन १९

नेपाल कम्यूनष्टि पार्टी (नेकपा)ले दिवगंत नेता भरतमोहन अधिकारीको शोकमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । गएराति ह्याम्स अस्पतालमा निधन हुनु भएका अधिकारीको सम्मानमा आज पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो ।

नेकपाको सचिवालय बैठकले तीन दिनसम्म शोक पुस्तिका राख्ने र २३ गते कमरेड रविन्द्र अधिकारी र कमरेड भरतमोहन अधिकारीको सम्मानमा सयुक्त श्रद्धान्जलीसभा आयोजना गर्ने निर्णय गरेको छ ।

रविन्द्रको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा फागुन १५ गते निधन भएको थियो ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्