प्रधानमन्त्री ओली र प्रचण्डलाई यस्तो सन्देश छाडेर गए भरतमोहन


 


काठमाडौ १९ फागुन– शनिबार निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं पहिलो पुस्ताका कम्युनिष्ट नेता भरतमोहन अधिकारीले निधन हुनुभन्दा अघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेतालाई पारिवारिक सदस्यमार्फत एक सन्देश छाडेका छन् ।

अधिकारीका सम्धी कृष्ण आचार्यका अनुसार उनले नेकपा नेतृत्वलाई आपसी विवादमा नअल्झी मुलुक समृद्ध बनाउन सक्रिय हुन सुझा दिएका थिए । अन्यथा पछि पछुताउनुपर्ने अधिकारीको भनाइ थियो । आचार्यले कृत्रिम स्वासप्रश्वास प्रणाली (भेन्टीलेटर) मा राखिनुअघि अधिकारीले जनताको अपार मतको ख्याल गरेर काम गर्न भनेको स्मरण गरे ।

‘म नफर्कन पनि सक्छु । जनताले अपार मत दिएर वर्तमान सरकार र पार्टी लाई अपूर्व अवसर दिएका छन् । तपाईंको प्रायः सबै नेतासित सम्पर्क छ ,यो अवसर आपसी विवादमा नलागी समृद्ध नेपाल बनाउन एकबद्ध हुनुहोस अन्यथा ठूलो पछताउमा पर्ने छौं भन्ने मेरो सन्देश पुर्याईदिनुहोला’, अधिकारीको भनाइ उद्धेत गर्दै आचार्यले समाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्