दुलहा आए, दाइजोमा १ रुपैयाँ लिए र हेलिकोप्टरमा दुलही राखेर बिदा भए


 


दाइजोका लागि महिलालाई प्रताडित गरेको, जलाएको, मारेको बारे विभिन्न समाचार हामीले सुन्ने गरेका छौं । तर भारतमा एक व्यक्तिले यस्ता उदाहरणीय काम गरेका छन् जसले परम्परावादी सोच राख्नेहरुलाई गतिलो झापड हानेका छन् रभारतको हरियाणामा एउ टा जिल्ला छ सोनीपत । त्यहाँ केही दिन अघि हसनगढमा एउटा विवाह भएको थियो ।

विवाह निकै विशेष रह्यो, किन ? किनभने दुलहाको परिवारले १ रुपैयाँ मात्र लिएका थिए । त्यो पनि सगुनको रुपमा । त्यसबाहेक दुलहीको विदाई डोली वा कारमा नभई हेलिकोप्टरमा भयो ।दुलहीको नाम हो सन्तोष । सन्तोषका पिता सतबीर मजदुर हुन् । २०१९ फेब्रुअरी १० मा सन्तोषको विवाह हाँसीको रापुरा गाउँको संजयसँग भयो ।

संजयको परिवारले विवाह अघि नै आफूलाई दाइजोमा केही पनि नचाहेको बताएका थिए ।यस्तै, त्यही गाउँको आहुलानामा पनि यस्तै प्रकृतिको विवाह भयो । त्यहाँ एकै परिवारका दुई छोरीको विवाह भयो । दैनिक भास्करको एक रिपोर्ट अनुसार आहुलानाका पव न शर्मा जो व्यावसायीक रुपमा सुरक्षाकर्मी हुन् । उनले आफ्ना दुई छोरी निशा र काजलको विवाह गराइन् ।

फेब्रुअरी २६ मा उनीहरुको विवाह भयो । भिवानी जिल्लाको केहरपुरा गाउँका दुई भाइ प्रविण र राजकुमारले निशा र काजललाई विवाह गरेका हुन्। दा इजोको सगुनमा उनीहरुले पनि एक रुपैयाँ लिए । र उनीहरुले पनि आफ्नी दुलहीलाई हेलिकोप्टरमा लिएर गए ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्