पाकिस्तानले पाइलट फिर्ती गरेपछि मोदीले भने- ‘शत्रुलाई अहिले भारतको डर छ, कसैले पनि आँखा लगाउन सक्दैन ‘


 


एजेन्सी । भारतीय प्रधानमान्त्री नेरेन्द्र मोदीले कसैले भारतलाई आँखा लगाउन नसक्ने बताएका छन् । भारतको राजधानी दिल्लीमा एक सम्मेलनमा प्रधानमन्त्री नरेन्द्र मोदीले शत्रुलाई अहिले भारतको डर भएको बताएका हुन् ।

दिल्लीमा आयोजित इन्डिया टुडे कन्क्लेभमा बोल्दै प्रधानमन्त्री मोदीले भने, ‘अहिलेको भारत नयाँ भारत हो, बदलिएको भारत हो । पहिले जति नै मानिस मारिए पनि जति नै जवान शहीद भएपनि कुनै ठूलो कारबाही हुँदैनथ्यो। तर अहिले कसैले पनि भारतलाई आँखा लगाउन सक्दैन। हाम्रो सरकार जस्तो सुकै निर्णय लिनका लागि प्रतिबद्ध छ।’

उनले सबै सैनिको रगत अमूल्य रहेको बताएका छन्। मोदीले आजको नयाँ भारत निडर, निर्भीक र निर्णायक भएको बताए । उनले भने, ‘देश अहिले सवा सय करोड भारतीयसँगै अघि बढिरहेको छ। भारतीयहरू एकजुट भएकाले देशभित्र र बाहिर अहिले देशविरोधी मानिसमा डर उत्पन्न भएको छ। यो डर राम्रो हो। अझ दुश्मनलाई भारतको पराक्रमको डर हुन्छ भने त्यो राम्रो हो।’

मोदीको भनाइमा कसैले काँधमा काँध मिलाइरहेको छ भने अर्कोतिर त्यसबारे कतिपय मानिसहरूले शंका गरिरहेका छन्।

पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई शुक्रबार बुझाइएको थियाे । पाकिस्तानी सेनाले गत बुधबार अाफ्नाे नियन्त्रणमा लिएकाे थियाे ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्