देउवा भन्छन्- ‘प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्छ’


 


जनकपुरधाम फागुन १९
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश २ को नाम ‘मिथिला’ र भाषा ‘मैथिली’ हुनुपर्ने बताएका छन् । जनकपुर साहित्य(कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन जनकपुर पुगेको अवसरमा आइतबार पत्रकार सम्मेलन गर्दै सभापति देउवाले प्रदेशको स्थायी राजधानी जनकपुर तोक्न सुझाएका छन् ।

‘प्रदेशको नाम, भाषा र राजधानिमा कांग्रेस एकमत छ,’ देउवाले भने, ‘प्राचिन सहर जनकपुरधाम नै प्रदेशको राजधानीका लागि उपयुक्त छ।’ नेपाली कांग्रेस धनुषा पार्टी कार्यलयमा आयोजित पत्रकार भेटघाटमा सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको सरकार वर्ष दिनमा केही पनि गर्न नसकेको टिप्पणी गरे।

‘देशका लागि एउटा पनि देखाउने काम सरकारले गर्न सकेको छैन,’ उनले भने ।
सरकारले संघीयतालाई कमजोर बनाउने षड्यन्त्रमा लागेको जिकिर गर्दै देउवाले भने, ‘समाजिक सञ्जाल कन्ट्रोल गर्ने बाहानामा सरकारले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्न खोजेको छ,’ देउवाले अगाडि थपे, ‘प्रेस स्वतन्त्रता बिना प्रजातन्त्र सबल हुँदैन। प्रजातन्त्र र प्रेस एकअर्काको परिपुरक हो । अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन सरकारले ‘साइवर ल’ ल्याएको हो।’

प्रेष यूनियन धनुषाका अध्यक्ष राजन सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा देउवाले पत्रकारको एक प्रश्नमा ‘पार्टी भित्रको आन्तरिक समश्या छिटै अन्त्य हुने’ भन्दै समश्याहरु समाधान गर्न पार्टीले एउटा कमिटी समेत गठन गर्ने बतायेका छन ।

पत्रकार भेटघटमा कांग्रेश उप सभापति विमलेन्द्र निधि, केन्द्रीय सदश्यहरु आनन्द ढुंगाना, रामकृष्ण यादव, महेन्द्र यादव लगायतनेताहरु समेत उपस्थित रहेका थिए ।

प्रकाशित मिति: १९ फाल्गुन २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्