सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, पुस १६

२०१५ को अन्तिम दिन नेपाली बजारमा सुनको भाउ घटेको छ । अन्तर्राष्ट्रिय बजारमै सुनको भाउ घटेकाले त्यसको प्रभाव नेपालमा परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतवारदेखि नै स्थिर रहेको सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेको छ। बिहिवार प्रतितोला ४८ हजार रुपैयाँमा सुनको कारोवार भएको महासंघले जनाएको छ। त्यस्तै चाँदीको भाउ भने स्थिर रहेको छ। चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको महासंघले जनाएको छ।

प्रकाशित मिति: १६ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्