आजको पञ्चाङ्ग एवम् आजको राशिफल (२२ फागुन २०७५ बुधबार, ६ मार्च २०१९)


 


श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सं. ११३९ शिशिर ऋतु विरोधकृत नामक सम्बत्सर वि.सं. २०७५ फाल्गुण २२ गते बुधबार तद्अनुसार सन् २०१९ मार्च ६ तारिख फाल्गुण कृष्णपक्ष अमावश्या तिथि शतभिषा नक्षत्र १७ः५० पर पूर्वाभाद्रपद नक्षत्र सिद्धि योग १५ः१६ पर साध्य योग चतुष्पाद करण ७ः५२ पर किंस्तुघ्न करण आनन्दादिमा मानस योग चन्द्रमा कुम्भ राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२६ मा भयो र सूर्यास्त साँझ १८र०६मा हुनेछ । दर्शश्राद्धम् । अशुभ समय राहु काल–१२ः१५ देखि १३ः४३ दिशा शूल– उत्तर ।

आजको राशिफल :

मेष राशि – ग्रहगोचर शुभ फलदायक छ । आयस्रोत बढ्ला । भागदौड चलिरहनेछ । कुनै प्रकारको शारीरिक र आर्थिक कार्यमा अनुकूलता रहला । अरुको भर नपर्दा उचित हुनेछ । स्वास्थ्यमा ध्यान राख्नुपर्ला । यात्रासित सम्बन्धित काममा सफलता मिल्नेछ । समस्याको समाधान मिल्नेछ । विवादमा नपर्नु उचित होला ।

बृष राशि – सुख सम्पति धन मान आनन्द बढ्नेछ । राजकीय कार्य बन्नेछ । यात्रामा सफलता मिल्नेछ । विकासको नयाँ सम्भावना देखेर आशा उत्साह वृद्धि होला । ऐश्वर्य बढ्नेछ ।

मिथुन राशि – सुख आरोग्यता बढ्ला । यात्रामा सफलता मिल्नेछ । धनको पक्ष बलियो बन्नेछ । ऋण रोग र शत्रुलाई जित्ने क्षमता बढ्नेछ । वार्तामा सफलता मिल्नेछ । मिठो भोजन मिल्नेछ । धर्मकर्ममा रुचि बढ्नेछ । ख्याति फैलिनेछ । रोकिएको काम बन्ला र नयाँ कार्य पनि बन्नेछ ।

कर्कट राशि – भागदौड भैरहला । कठोर परिश्रमले समस्याको समाधान मिल्नेछ । नियमकानूनलाई ध्यानमा राख्नुपर्ला । इष्टमित्रको सहयोग प्राप्त होला । विजयश्री मिल्नेछ । स्वास्थ्यमा ध्यान दिनुपर्ला । ऋण रोग र शत्रुलाई उपेक्षा गर्नु उचित हुनेछैन ।

सिंह राशि – ग्रहगोचर शुभ फलदायक रहला । धन सम्पत्ति मान महत्व बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । सुख आनन्दमा आकर्षण बढ्ला । पारिवारिक सुख बढ्ला ।

कन्या राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । आयस्रोत बढ्ला । लगानी उठ्ला । ऋण रोग र शत्रुसित लड्ने क्षमता बलियो हुनेछ । प्रसिद्धि फैलिनेछ । धन यश मान प्रशंसा बढ्ला । यात्रा होला । प्रयास र परिश्रमको मिठो फल अवश्यमेव मिल्नेछ ।

तुला राशि – प्रेममा सफलता मिल्नेछ । धन सम्पति वृद्धि होला । सुख आनन्द बढ्नेछ । लेखन प्रकाशनसित सम्बन्धित काम तथा बौद्धिकता र रचनात्मकतासित सम्बन्धित कार्यमा सफलता मिल्नेछ । वार्तामा सफल हुनुको साथै विजयी पनि हुनुहुनेछ । ऐश्वर्य तथा उत्साह बढ्ला ।

वृश्चिक राशि – हासविलासमा रुचि बढ्ला । कठोर परिश्रमले मनोकूलको काम बन्नेछ । वार्तामा सफलता पाउनु हुनेछ । धन सम्पत्ति बढ्नेछ तर अत्यन्तै बढी प्रयास र प्रयत्नले । मिठो भोजन मिल्नेछ । विकासको नयाँ सम्भावना देखापर्ला । आशा उत्साह बढ्नेछ ।

धनु राशि – भय भ्रम खर्च आदिमाथि नियन्त्रण बढ्ला । नियमकानूनले साथ दिनेछ । विकासको नयाँ सम्भावना देखा पर्ला । आशा उत्साह बढ्ला । स्वास्थ्यमा सुधार आउनेछ । हासविलासमा आकर्षण वृद्धि हुनेछ ।

मकर राशि – अन्न धन बढ्नेछ । सुख आनन्द बढ्ला । आयस्रोत बढ्ला । रोकिएको धन प्राप्त होला । दूर देशबाट शुभ समाचार प्राप्त होला । मिठो भोजन मिल्नेछ । रसरागमा रुचि बढ्ला । मान सम्मान बढ्नेछ ।

कुम्भ राशि – कार्यमा सफलता प्राप्त होला । उन्नति पदोन्नति हुनेछ । रोकिएको काम बन्नुको साथै लगानी पनि उठ्नेछ । नयाँ कार्यमा सफलतासँगै नयाँ दायित्व पनि प्राप्त होला । आफन्तको सहयोग मिल्नेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त होला । मिठो भोजन मिल्नेछ ।

मीन राशि – प्रेममा सफलता मिल्नेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । खर्च र लगानी बढ्नेछ । दूरदेशको यात्रा होला । हासविलासमा रुचि बढ्नेछ । खेलकुद भ्रमणमा आकर्षण बढ्नेछ । यश वर्चश्वमा वृद्धि होला । ख्याति फैलिनेछ । मान पुरस्कार प्राप्त होला । योजना र बजेट बनाइ काम गर्नु बेस होला ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्