बजेट नै छैन रेल किन्न


 


काठमाडौं फागुन २२
सरकारले चीन र भारतबाट रेल ल्याएर नेपालको डाँडाकाँडामा कुदाउने भन्दै ठूलाठूला सपना बाँडे पनि स्वदेशमै लामो समयदेखि सञ्चालित रेलमार्गका लागि बजेट उपलब्ध गराउन सकेको छैन। बजेट उपलब्ध गराउन नसक्दा जनकपुरको कुर्थादेखि जयनगरसम्म रेल सञ्चालन अन्योलमा परेको छ। अन्नपूर्ण पोस्ट दैनिक लेख्छ, सरकारले चालू आर्थिक वर्षको बजेटमा रेल खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ। दुईवटा रेल खरिद गर्न ५० करोड रुपैयाँ नपुग्ने विभागका महानिर्देशक बलराम मिश्र बताउँछन्।

‘विनियोजित बजेटले एउटा रेल खरिद गर्न सकिन्छ तर, नियमित रेल सञ्चालन गर्न दुईवटा इञ्जिन आवश्यक पर्छ, महानिर्देशक मिश्रले भने, ‘त्यसैले थप रकम माग गरेका छौँ। रकम उपलब्ध गराउने विषयमा अर्थ मन्त्रालय सकारात्मक छ।’ मन्त्रिपरिषद्ले गत पुसमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई रेल खरिदका लागि सैद्धान्तिक सहमति प्रदान गरेको थियो। मन्त्रिपरिषदबाट सहमति प्राप्त भएसँगै रेल खरिद प्रक्रिाय अघि बढेको विभागले जनाएको छ।

प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार

प्रतिक्रिया दिनुहोस्