रेशमलाल चौधरीलाई जन्मकैदको फैसला
काठमाडौं फागुन २२
२०७२ साल भदौ ७ गतेको बहुचर्चित टीकापुर हत्याकाण्डमा प्रमुख आरोपी रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाइएको छ । जिल्ला अदालत कैलालीका न्यायाधीश पर्शुराम भट्टराईको इजलाशले चौधरीसहित ११ जनालाई सर्वश्वसहित जन्मकैदको फैसला सुनाएको हो ।
प्रत्यक्ष निर्वाचन जितेर सांसद समेत बनेका राजपासम्बद्ध रेशमलाल उक्त हत्याकाण्डको आरोपमा पुर्पक्षका लागि थुनामा रहँदै आएका छन् ।
घटनामा संलग्न रहेको आरोपमा थुनामा रहेका नेता लक्ष्मण थारुसहित १५ जनालाई भने तत्काल रिहा गर्न आदालतले आदेश दिएको छ ।
प्रकाशित मिति: २२ फाल्गुन २०७५, बुधबार












