आजको राशिफल – (२३ फागुन २०७५ विहीबार, ७ मार्च २०१९)


 


श्री सूर्योत्तरायणे श्रीशाके १९४० नेपाल सम्वत ११३९ हेमन्त ऋतु वि.सं. २०७५ फाल्गुन २३ गते विहीबार तदानुसार सन् २०१९ मार्च ७ तारिख फाल्गुण शुक्लपक्ष प्रतिपदा तिथि पूर्वाभाद्रपद नक्षत्र २०ः१२ पर उत्तरा भाद्रपद नक्षत्र साध्य योग १५ः५८ पर शुभ योग किंस्तुघ्न करण ९ः५० पर बालब करण आनन्दादिमा मुद्गर योग चन्द्रमा कुम्भ राशिमा १३ः३८ बजेसम्म पछि मीन राशिमा भ्रमणशील रहनेछ । काठमाडौंमा सूर्योदय बिहान ६ः२५ मा भयो र सूर्यास्त साँझ १८ः०७ मा हुनेछ । शुभ समय अभिजित– ११ः५२ देखि १२ः३९, अशुभ समय राहुकाल– १३ः४३ देखि १५ः११, दिशा शूल– दक्षिण ।

आजको राशिफल :

मेष राशि – खेलकूद भ्रमणमा आकर्षण बढ्नेछ । हासविलासमा रुचि बढ्ला । मान सम्मानमा कमी आउने छैन । हुन तः घरपरिवारको स्थिति अनुकूलै रहला । यात्रामा सफलता मिल्नेछ । विकासको बाटो देखापर्ला । सुख–सुविधाको वस्तुमा खर्च बढ्नेछ । लोभलालचमा नपर्दा उचित रहला । योजना र बजेट बनाइ काम गर्नु बेस रहला । भूलचुक गरेमा भोलि पछुतोमा पर्नुपर्नेछ । लापर्वाही नगर्दा बेस रहला ।

बृष राशि – आयस्रोत बढ्नेछ । आर्थिक क्षेत्रमा सफलता मिल्नेछ । उधारो लगानी लगाइएको धन उठ्नेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विकासको पथ बलियो बन्ने छ । व्यापारिक क्षेत्रमा नयाँ–नयाँ सफलता मिल्नेछ । पारिवारिक सुखशान्ति पनि प्राप्त होला । आफन्तको सहयोग समर्थन मिल्नेछ । समयले साथ दिनेछ । विजयश्री प्राप्त होला । सुख–सुविधाको बस्तु बढ्नेछ । हरेक प्रकारले उत्थान होला ।

मिथुन राशि – कर्मस्थानमा चन्द्रमा भ्रमणशील छ । नयाँ–नयाँ सफलता मिल्नेछ । राजकीय क्षेत्रसित सम्बन्धित काम बन्ला । मान महत्व धन–सम्पत्ति सुख–समृद्धि बढ्नेछ । विजयश्री मिल्नुको साथै नयाँ सफलता पनि पाउनुहुनेछ । उच्च अधिकारीको सहयोग समर्थन मिल्ला । पारिवारिक विकाससँगै कार्यक्षेत्रमा पनि सफल रहनुहुनेछ । दायित्वलाई पूरा गर्नु सँगै नयाँ दायित्वको पनि प्राप्ति होला । मनअनुकूल कार्य बनेर मन प्रसन्न हुनेछ । ्

कर्कट राशि – ग्रहगोचर भाग्यवर्द्धक छ । शुभ कार्यमा सफलता मिल्नुका साथै विकासको काम पनि बन्नेछ । धर्मकर्ममा रुचि मिल्नुसँगै यात्रामा पनि सफलता पाउनुहुनेछ । मान सम्मान गर्नुको साथै ख्याति पनि फैलिने छ । आरोग्यता बढ्नेछ । विकासको नयाँ–नयाँ बाटो देखापर्ला । सुखशान्ति बढ्नेछ । हरेक प्रकारले कल्याणले बाटोमा लागिपर्नुहुनेछ ।

सिंह राशि – चन्द्रमा राशिदेखि आठौँ स्थानमा भ्रमणशील रहेको हुँदा कुनै प्रकारको जोखिममा नलाग्दा उचित हुनेछ । स्वार्थमा र चोटपटक लाग्ने कुराप्रति सचेत गर्नुपर्ला । नियम कानुनलाई उपेक्षा गर्नु उचित हुनेछैन । योजना र बजेट बनाई कार्य गर्नु बेस रहला । उच्चाधिकारीहरूसँगको व्यवहारमा नम्रता राख्नु बेस रहला । चोरी ठगी र विश्वासघातीप्रति सचेत रहनुपर्नेछ । आगो पानी विस्फोटक आदिप्रति पनि सचेत हुनुहोला ।

कन्या राशि – सुखसमृद्धि धन यश प्राप्ति हुनेछ । आरोग्यता बढ्नुको साथै नयाँ कार्यमा पनि सफलता मिल्ने देखिन्छ । साझेदारीको कार्य बन्नुको साथै नवीन कार्यमा पनि बाटो बलियो बन्ने छ । जीवनसाथीको सुख–सहयोग पाउनुहुनेछ । रस रागमा आकर्षण गर्नेछ । मिठोभोजन पाउनुहुनेछ । मान प्रशंसा प्राप्त होला । ख्याती फैलिनेछ । सुखशान्ति बढ्ला ।

तुला राशि – ऋण रोग र शत्रुसित लड्ने प्रतिरोधात्मक क्षमता बलियो बन्ने छ । आफन्तको सहयोग मिल्नुको साथै शत्रुलाई पनि जित्नुहुनेछ । रोकिएको काम बन्नेछ र नयाँ कार्यमा पनि सफलता पाउनुहुनेछ । विजयश्री मिल्नुको साथै सुखसमृद्धि पनि बढ्नेछ । अल्छी नगरी समयबाट बढीभन्दा बढी फाइदा लिनुहोस् । घरपरिवारको स्थितीमा सुधार हुनुको साथै कार्य व्यापारमा पनि सफलता पाउनुहुनेछ ।

वृश्चिक राशि – आजको समय प्रेमको क्षेत्रमा सफलता पाउनको लागि अत्यन्तै अनुकूल छ । इष्टमित्र सन्तान आदिद्वारा सहयोग मिल्नेछ । कला साहित्य संगीत–गीत रसरागसित सम्बन्धित कार्यमा सफल रहनुहुनेछ । रचनात्मक र कलात्मक कार्यमा सफलताको साथै साथीभाइबीच आमोदप्रमोदमा हुनेछ । आनन्द बढ्नेछ । सुख शान्तिमा वृद्धि होला । प्रेमपात्रको साथ पाइनेछ ।

धनु राशि – देखापरेको समस्याको समाधान मिल्नेछ । खर्च बढ्नेछ । यात्रा हुनेछ । भागदौड र व्यस्तता बढ्नेछ । अरूको भरमा बस्नु उचित हुनेछैन । आफ्नै बल विवेकले काम गर्नु बेस रहला । विवाद आदिमा पार्नु उचित हुनेछैन । ठूलो रकमको लगानीको सम्बन्धमा महत्वपूर्ण कागजपत्र माथि हस्ताक्षर गर्दा सचेत रहनु पर्नेछ । आँखा चिम्लेर अरुमाथि भर पर्नु उचित हुनेछैन ।

मकर राशि – विकासको नयाँ सम्भावना देखापर्नेछ । आशा उत्साह बढ्नेछ । यात्रामा सफलता मिल्ला । लेखन प्रकाशन सित सम्बन्धित काम बन्नेछ । इष्टमित्रको सहयोग मिल्नेछ । नयाँ–नयाँ काम बन्ला । मान महत्व वर्चश्व बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नुको साथै सुख शान्ति बढ्नेछ ।

कुम्भ राशि – बोली र व्यक्तित्वको प्रभाव बलियो बन्ने छ । भोजभतेरमा भाग लिनु हुनेछ । आर्थिक वार्तामा सफलता पाउनुहुनेछ । सभा र समारोहमा मान पुरस्कारको प्राप्ति होला । दरिद्री भागेर आर्थिक उत्थानको बाटो देखापर्ला । आफन्तको सहयोग समर्थन मिल्नेछ । गौरव बढ्नेछ ।

मीन राशि – राशिमा भ्रमणशील चन्द्रमाको प्रभावस्वरुप आरोग्यता पर्नेछ । मिठो भोजन पाउनुहुनेछ । कार्य व्यापारमा पनि प्रगति होला । रोग र शत्रुसित लड्ने क्षमता बढ्नेछ । आर्थिक पक्ष बलियो बन्ने छ । विजय पथमा अग्रसर रहिरहनु हुनेछ । सफलता र समृद्धिले पाइला चुम्नेछ ।

प्रकाशित मिति: २३ फाल्गुन २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्