सुनकाे भाउ ह्वात्तै बढ्याे


 


काठमाडाैं, पुस २३

याे साता सुनकाे भाउ हवात्तै बढेकाे छ । बिहिवार मात्रै प्रतितोला ८ सय रुपैयाँले सुनको भाउ बृद्धि भएको छ। सोमवारदेखि नै क्रमिक रुपमा बढेको सुनको भाउ त्यसयता १ हजार ९ सय रुपैयाँले महँगिएको छ।

गत आइतवार ४७ हजार ८ सय रुपैयाँमा सुनको कारोवार भएकोमा आज बिहिवार प्रतितोला ४९ हजार ७ सय रुपैयाँमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढ्न थालेको जनाउँदै महासंघले नेपालमा पनि त्यसको प्रभाव परेको जनाएको छ।

चाँदीको भाउ भने स्थिर रहेको छ। लामो समयदेखि चाँदी प्रतितोला ६ सय ७५ रुपैयाँमा कारोवार भएको छ।

प्रकाशित मिति: २३ पुस २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्