रिसालु श्रीमतीलाई कसरी सम्हाल्ने ?


 


काठमाडौँ । वैवाहिक जीवनमा उतार चढाव र श्रीमतीको बिचारमा अन्तर हुनु स्वाभाविक हो । कहिलेकाहीँ एक साथी धेरै प्रभावी या डोमिनेटिङ्ग हुन सक्छ । यदि श्रीमान्ले आफ्नै कुरा मान्नुपर्छ भन्ने सोच्छन् भने श्रीमती चुप रहने प्रयास गरेर सामाजस्य बढाउने कोशिस गर्छे र यदि श्रीमती कुरा करामा बहस गर्छे भने घरमा शान्ति बनाइ राख्ने भुमिका श्रीमानले निभाउनु पर्छ ।

कुन कुराले सिरसाएको हो जान्ने कोसिस गर्नुहोस्
श्रीमान श्रीमतीले एक अर्काको स्वाभाव बुझ्न धेरै आवश्यकता हुन्छ । श्रीमती हरेक कुरामा त रिसाउदैनन् होलिन्, बिनाकारण कोही पनि रिसाउदैन। त्यो कुरा र अवस्थालाई ध्यान दिनुहोस्, जुन कुराले श्रीमतीलाई रिस उठ्छ । यदि उसलाई बुझ्नुभयो भने यस्तो अवस्था उत्पन्न् हुनबाट बचाउन सकिन्छ र श्रीमतिको रिसलाई सामना गर्नबाट बच्न सक्नुहुन्छ ।

आफ्नो व्यवहारलाई चेक गर्दै गर्नुहोस्

हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उसलाई मनर्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भए पनि श्रीमती सामुन्ने तपाइ त्यस्तो कुरा नगर्नुहोस्, जसले उभित्र झिझाहट पैदा होस् ।

गल्ती स्वीकार्नुहोस्

गल्ती सबैबाट हुन्छ । तपाई आफ्नो गल्ती स्वीकार्नुहोस् भन्ने श्रीमत चाहान्छिन् भने यसमा नरनम्रो नै के छ र ? यस प्रकार उसलाई पनि राम्रो लाग्छ र तपाईलाई पनि उसको क्रोधबाट चाँडै छुटकारा मिल्छ । हुनसक्छ, तपाईको कुनै यस्तो बानी छ, जुन उसलाई मनर्दैन । तपाईका लागि त्यस्तो व्यवहार या बानीलाई परिर्वतन गर्न असम्भव नै भए पनि श्रीमती सामुन्ने तपाइ त्यस्तो कुरा नगर्नुहोस्, जसले उभित्र झिझाहट पैदा होस् ।

कुरा जब गल्तीको हुन्छ, आफ्नो ईगोलाई एकातिर राख्नुहोस् कुरा चाँडै मिल्छ ।
उसको कुरा सुन्नुहोस् । सायद उनी कोही पनि उनको कुरा सुन्न तयार छैनन् भनेर पनि रिसाइरहेकी हुनसक्छिन् । न अफिसमा हाकिम, न घरमा छोराछारी, न श्रीमान । यस संसारमा धेरे मानिस यसैकारणले डिप्रेसनमा रहेका हुन्छन् कि उसको कुरा उसको कुरा सुन्ने र उसलाई बुझ्ने कोही छैन् ।

जब उनी क्रोधित हुन्छिन् उनको मानसिक अवस्थालाई हेरेर उसको कुरा सुन्नुहोस्

शान्त हुने समय दिनुहोस् । तपाईलाई आफ्ना श्रीमतीलाई रिस उठिरहेको छ जस्तो लाग्यो भने उसलाई चुप लगाउने या कुनै प्रतिक्रिया दिनुहोस् । बीचमा बोल्ने या नराम्रो भन्यो भने कुरा बढ्छ जान्छ । हुनसक्छ, तपाई उसको कुरा सुन्नुहुन्न, जे भन्न चाहान्छिन् तपाई भन्ने मौका दिनुहोस् । उनको कुरालाई ध्यान दिएर सुन्नुहोस् । हुनसक्छ , तपाईले यसो गर्नुभयो भने रिसको साहारा लिन नपरोस् ।

उनलाई स्पेस दिनुहोस् ताक उनलाई आफ्नो गल्ति महशुस हुन्छ या तपाईसंग आएर सरी पनि भन्न सक्छिन् ।

मनोबैज्ञानिकका अनुसार जो मानिसलाई धेरै बढी उठ्छ जति चाँडो रिस उठ्छ त्यति नै चाडो रिस शान्त पनि हुन्छ । यदि कुनै कारण थपाईकी श्रीमतीको पारा तात्यो हुनत यस्तो गर्न गाहे हुन्छ तर कोशिस गर्नुहोस्, त्यो समयमा आफ्नो अनुहारमा खुशी ल्याइरहनुहोस् । फेरि हेर्नुहोस् कसरी तपाईकी श्रीमती शान्त हुन्छिन् । हुनसक्छ, उनले आफुलाई तपाईले गिज्याइरहेको महशुस गर्नसक्छिन् ।

धैर्य बनाइरहनुहोस्
आफ्नो रिसालु श्रीमतीका साथ निभाउन तपाईले धैर्य गर्नुपर्छ । तपाईलाई बहिलेकाहीँ यति सानो सानो कुरामा किन रिसाएको होला भन्ने पनि लाग्छ उसले किन यस्तो रिएक्ट गरेकी भन्ने पनिलाग्न सक्ला तर यस्तोमा उनलाई रोक्ने या उसंग रिसाउने गर्नुभयो भने उनको रिस झन बढ्छ । तपाई धैर्य नै गरिरहनुहोस् बरु हुन्छ भने उसको अगाडी नबस्नुहोस्, यसले कमसेकम तपाईको सहननशक्तिले त आफ्नो ठाँउ छोड्दैन् ।

घरबाट बाहिर जानुहोस् ।
यदि उनी धेरै रिसाएकी छन् भने तपाई घरबाट नै बाहिर जानु राम्रो हुन्छ । जब तपाईँ फर्कनुहुन्छ, उनी शान्त भइसकेकी हुन्छिन् । यदि उनलाई कोही अरु संग रिस उठेको छ भने दुवैजना वाकमा जानुहोस्, यसले तपाईकी श्रीमती र तपाईँ दुबैजनालाई रिल्याक्स हुन सहयोग पुग्छ । धेरै जसो श्रीमती आफ्नो श्रीमानबाट सर्पोट चाहान्छन् । यदि तपाईँकी श्रीमती कुनै कुरामा गलत नै भए पनि रिसाएको समयमा उनलाई सही देखाउने या बहस गर्ने प्रयास नगर्नुहोस् बरु सही सही समयको प्रतिक्षा गर्नुहोस् । यदि उनलाई उनको श्रीमान्ले सपोटृ गरिरहेको छ जस्तो लाग्छ भने उनलाई राहातको महसुस हुन्छ । जसकारण उनको रिस नियन्त्रणमा सहयोग मिल्छ ।

प्रकाशित मिति: २७ फाल्गुन २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्