आजको राशिफल – तपाईको दिन शुभ रहोस्


 


काठमाडाैं – वि.सं.२०७५ साल चैत्र ०७ गते । बिहिबार । ईश्वी सन् २०१९ मार्च २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । फाल्गुन शुक्ल पक्ष । तिथि पूर्णिमा,०३ घडी २६ पला,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र उत्तरफाल्गुनि,२० घडी ३५ पला,दिउँसो ०२ बजेर २४ मिनेट उप्रान्त हस्त । योग गंड,०९ घडि ०५ पला,बिहान ०९ बजेर ४८ मिनेट उप्रान्त वृद्धि । करण बव,बिहान ०७ बजेर ३२ मिनेट उप्रान्त वालव,बेलुकी ०६ बजेर २८ मिनेट उप्रान्त कौलव । आनन्दादिमा मातंग योग । चन्द्रराशि कन्या ।

फागु पूर्णिमा। तराईमा होलीपर्व। वसन्त(तैलाभ्यंग। आँपका मुजुरा खाने दिवस। नालास्थित मत्स्येन्द्रनाथको स्नान (नालान्हवँ। चँकयात। धुलँयात। गणगौरपूजा प्रारम्भ।
काठमाडौंमा सूर्योदय ०६ बजेर १० मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर १५ मिनेट । दिनमान ३० घडी १३ पला ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिनेछ । माया प्रेममा धोका हुनेछ भने पति पत्नि सँग मनमुटाब बढ्न सक्छ । आश्वासन दिनेहरुले फसाउन सक्छन् । खुट्टा तान्ने तथा कुरा काट्नेहरु सक्रिय रहनेछन् । व्यापार व्यावसायमा लगानि गर्दा घाटा हुन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउने हुनाले दैनिक कामकाज गर्न गाह्रो हुनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा नआउँने हुनालेकुनै पनि मुद्दा मामिलामा सामेल नहुँनु होला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाई लेखाईमा ध्यान जानेछ भने शिक्षा सँग सम्बन्धित व्यापार व्यावसायमा लगानि गरि प्रसस्त आम्दानि गर्न सकिनेछ । माया प्रेमका कोपिला फक्रने छन् भने छोरा छोरिको काम देखि प्रशन्न हुने समय रहेकोछ । शेयर बजारमा लगानि गरि आम्दानिका स्रोतहरु बढाउन सकिनेछ भने चिठ्ठा पर्ने अधिक सम्भावना रहेकोछ । समुदायको हितको काम गरि समाजमा नाम कमाउन सकिनेछ । बौद्धिकताको प्रयोग गरि बिशिष्ट व्याक्तिहरुलाई बसमा पार्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिभिन्न अवसर आएपनि ति अवसरको सहि तरिकाले सदुपयोग गर्न नसक्दा समयले तपाईलाई पछाडि छोड्नेछ । व्यापार व्यावसायमा आम्दानि कम हुनेछ भने खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न कठिनाई हुनेछ । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले जनताको आलोचनात्मक समर्थन पाउने योग रहेकोछ । कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ । आफन्त सँग टाडिएर लामो दुरिको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) दाजुभाई तथा छिमेकिसँग सामान्य कुरामा मनमुटाव सिर्जना हुनेछ । छोटो यात्रा हुने भएपनि यात्राका क्रममा बिभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुने हुनाले आज मुद्दा मामिलामा सामेल नहुनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउनु नै हितकर हुनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय व्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । स्वास्थ्य आफ्नै काबुमा रहने हुनाले नया नया काम गर्ने जोस जागर बढेर आउनेछ । रमाईलो यात्राको तय हुने तथा व्यापारबाट मनग्गे नाँफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । मिठो बोलेर अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मान,सम्मान तथा ईज्जत प्रतिष्ठामा आँच आउन सक्छ कामगर्दा सावधानि अपनाउनु होला । व्यापार व्यावसायमा नाँफा कमाउन निकै संघर्ष गर्नुपर्ला । आफन्तहरु तपाई सँग टाडिनेछन् । पति पत्नि बिच मनमुटाब बड्नेछ । राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । सोचेका तथा गरेका कामहरु समयमा सम्पन्न नहुदा मानशिक तनाव बढ्नेछ । प्रेममा धोका हुन सक्छ भने बिद्यामा प्रगति गर्न निकै मेहनेत गर्नुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अनावस्यक ठाउमा श्रम तथा शक्ति खर्च हुन सक्छ, ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला,सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ ख्याल गर्नुहोला । भुलेर गलत काम नगर्नुहोला तुरुन्त दण्ड तथा सजाय हुन सक्छ । लामो दुरिको विदेश यात्राको प्रशस्त सम्भावना रहेकोछ भने विदेशि सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । माया प्रेममा धोका तथा मनमुटाव हुनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) अध्ययनमा अध्यापनमा मन जाने हुनाले नयाँ नयाँ कुराको खोजमा समय बित्नेछ । माया प्रेममा रमाउँन सकिने समय रहेकोछ । व्यावसायमा लगानि गरि प्रशस्त आम्दानि गर्न सकिनेछ भने ईच्छित चाहनाहरु पुरा हुने हुनाले मन चङगा हुनेछ । भुमि बाहन तथा पैत्रिक सम्पतिको उपयोग गरि थप फाईदा लिन सकिनेछ । दाजु तथा अग्रजको सहयोगले उपलब्धिमुलक कामहरु गर्न सकिनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) राजनिति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । व्यापार व्यावसायमा नाँफा कमाउँन निकै मेहनेत गर्नुपर्ला । काममा खुट््टा तान्नेहरु सक्रिय रहनेछन् । पढाई लेखाईमा अल्छि गर्नाले अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँन सक्छ । बुवा वा बुवासरहका मानिस सँग मनमुटाव सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेकोछ । नोकरिमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेकोछ । खोज तथा अनुशस्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउँने हुदा मन खुसि रहनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने घरमा पति पत्निविच बिश्वासको बाताबरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरि टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) नचाहादा नचाहादा नराम्रो परिस्थितिको सामना गर्नुपर्नेछ भने अप्रिय घट्नाको सामना गर्नुपर्नेछ । व्यापारमा समय दिएपनि आम्दानि न्युन हुने हुँदा आवस्यक्ता टार्न मुस्किल पर्नेछ । पढाईमा मन नजाने तथा अरुकै पोल्टोमा नतिजा पर्नेछ । प्रेममा धोका हुने तथा घर परिवारमा आफन्त सँग सामान्य कुरामा नै ठुलो बिवाद हुनेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँने तथा बेवास्ता गर्दा ठुलो रोग लाग्न सक्छ सचेत रहनुहोला ।

मिन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापारकै शिलशिलामा लामो दुरिका कष्टकर यात्रा हुनेछ भने काम गर्दा ध्यान दिनुहोला काम बिग्रन सक्छ । व्यापार व्यावसायमा लगानि गरिहाल्ने समय नरहेकोले केहि समय पर्खनुनै राम्रो हुनेछ । पढाई लेखाईमा मन अलि बढि समय लगानि गर्दा नतिजा आफैतिर ल्याउँन सकिनेछ । माया प्रेममा सामान्य तित्तमा आएपनि अन्तत एक अर्काबिच मिलेर अगाडि बढ्न सकिनेछ । बाहिर बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

प्रकाशित मिति: ७ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्