राष्ट्रपतिले सागका खेलाडीलाई यसरी गरिन् विदाइ (फाेटाे फिचर)


 


IMG_2329काठमाडाैं, माघ १८

सरकारले १२ औं दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई विदाइ गरेको छ । राष्ट्रिय खेलकुद् परिषदले सोमबार आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्या भण्डारीले खेलाडीहरुलाई विदाइ गरिन् । उनले तेक्वान्दो, सुटिङ, उसु, स्क्वास, टेबलटेनिस लगायतका खेलका खेलाडीहरुलाई माला लगाइदिएर विदाइ गरिन् ।

IMG_2315खेलाडी तथा खेल पदाधिकारीको विदाइका क्रममा राष्ट्रपति विद्या भण्डारीले नियम र अनुशासनमा रही उच्च मनोबलका साथ प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह गरिन् । १२ औं दक्षिण एसियाली खेलकुद यहि माघ २३ गतेदेखि फागुन ४ गतेसम्म भारतको गुवाहिटी र आसाममा हुँदै छ ।

IMG_2288प्रतियोगितामा नेपालले २३ खेलमा भाग लिंदै छ । प्रतियोगीतामा ३ सय ८४ जना खेलाडी र १ सय ३८ जना खेल सम्बद्ध पदाधिकारी सहभागी हुँदै छन् । १७ वर्ष पहिले काठमाडौमा भएको आठौं दक्षिण एसियाली खेलकुदमा नेपालले ३१ वटा स्वर्ण पदक हात पार्नु नै नेपालको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता हो ।

IMG_2307प्रतियोगीतामा सहभागी हुन युवा तथा खेलकुदमन्त्री सत्यनारायण मण्डलको नेतृत्वमा नेपाली टोली मंगलबार भारत प्रस्थान गर्नेछ ।राष्ट्रपति भण्डारीले टोलीको नेतृत्व गर्ने मन्त्री मण्डललाई राष्ट्रिय झण्डा हस्तान्तरण गरिन् ।

IMG_2308मन्त्री मण्डलले टोलीको सेभ द मिसनका रुपमा प्रतियोगितामा सहभागी हुने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्टलाई झण्डा हस्तान्तरण गरे । विदाइ कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राई, सहरी विकास राज्य मन्त्री मञ्जु चाैधरी लगायतकाे उपस्थिति थियाे । कार्यक्रममा विद्यार्थीहरूले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।

IMG_2311IMG_2298IMG_2320

प्रकाशित मिति: १८ माघ २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्