सुनकाे भाउ अाकासियाे, कति पुग्याे मूल्य ?


 


काठमाडौं, माघ २८

नेपाली बजारमा सुनको मूल्य उच्च दरमा उकालो लाग्ने क्रम जारी छ ।  मंगलबार तोलाको ५ सय रुपैयाँले बढ्दा सुनको मूल्य झण्डै २ वर्ष अघिकै बिन्दुमा पुगेको छ । बिहीवार छापावाल सुन तोलाको ५४ हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । बुधबार सुनको मूल्य स्थिर रहँदै ५४ हजार रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाऊ उकालो लागेकाले नेपाली बजारमा पनि प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

कच्चा तेलको मूल्य सस्तो भएका कारण अधिकांश लगानीकर्ताको ध्यान सुनमा तानिएको महासंघको ठहर छ । बजारमा माग उच्च भएपछि सुनको मूल्य बढ्ने गरेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला ७३० रुपैयाँमा कारोबार हुँदैछ ।

प्रकाशित मिति: २८ माघ २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्