डीएसपीको सरूवा कहाँ ?


 


काठमाडौं । प्रहरी प्रधान कार्यालयले ३ जना प्रहरी नायव उपरीक्षक डीएसपीको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखमा डिएसपी श्यामु अर्यालको सरूवा भएको छ ।

चितवनको टाँडीको इन्चार्जमा डीएसपी सन्तोष आचार्यको सरूवा भएको छ । त्यस्तै, जिल्ला प्रहरी कार्यालय बाँकेमा डीएसपी प्रकाश सापकोटाको सरूवा भएको छ ।

पर्वतमा कार्यरत डिएसपी भुवनेश्वर तिवारी र टाँडीमा कार्यरत प्रहरी उपरिक्षक दयानिधि ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयमा तानिएको छ ।बाँकेमा कार्यरत राजेन्द प्रसाद अर्याल बाँकेस्थित दंगा नियन्त्रण गणमा सरुवा भएका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्