झापामा भारतको दादागिरी समाप्त : भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ भत्काईयो


 


झापा। नेपाल–भारत सीमा क्षेत्रमा लामो समय देखि तनाव उत्पन्न हुने गरेको छ । भारतले हरेक दिन दशगजा क्षेत्रमा आफ्नो प्रभाव जमाउँदै नेपाली सीमा मिच्ने गरेको आरोप लाग्ने गरेको छ । सीमा क्षेत्रमा भारतीय दादागिरीले गर्दा नेपालीहरुले सास्ती खेप्नु परेको छ । राति सुतेको समयमा नेपालमा हुनेहरु बिहानै भारतीय हुने गरेको गुनासो गर्दै आएका छन् ।

नेपालको पूर्वीनाका काँकडभिट्टास्थित मेची पुलको छेउमै भारतीय ठेकेदारले बनाएको ‘माइल’ स्तम्भ आज बिहान भत्काइएको छ । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको निर्देशनमा मेची पुलको प्रवेशद्वारमै बनाइएको एनएच ३२७ वी सिलगुढी ३२ र बागडुग्रा १९ लेखिएको ‘माइल’ स्तम्भ भत्काइएको हो ।

मेची पुल बनाउँदै आएको ठेकेदारले सो ‘माइल’ स्तम्भ बुधबार बनाएको थाहा पाएपछि काँकडभिट्टाका बासिन्दाले आपत्ति गरेर प्रजिअ दाहाललाई तत्काल जानकारी गराएका थिए ।नेपाली पक्षलाई जानकारी नै नदिई भारतीय पक्षले आफ्ना स्थानका बारेमा जानकारी दिन बनाएको सो स्तम्भको आज बिहान निरीक्षण गरी प्रजिअ दाहालले नियम विपरीत बनाइएको ‘माइल’ स्तम्भ भत्काउन लगाउनुभएको हो ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्