प्रधानमन्त्री ओलीले भने : अरिगाँठेको जस्तो ७६१ खुट्टा हालिसक्यौं, अब बिकास हुन्छ


 


काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश संघीयतामा गएकाले तीनै तहले मिलेर काम गर्ने हो भने विकास हुने बताएका छन् । राष्ट्रिय विकास परिषद् बैठकको बिहिबार समापन गर्दै प्रधानमन्त्री ओलीले संघीयताको खुट्टा बलियो बनाएपछि मात्रै विकास हुने बताए ।

समृद्धिसँग न्याय मिसाउने हो भने मात्रै समाजवाद आउने बताएका प्रधानमन्त्री ओलीले नीतिहरू केन्द्रबाट बन्ने र प्रदेश तथा स्थानीय तहमा पठाउने बताए ।

‘अरिगाँठेजस्तो हाम्रा ७६१ खुट्टा छन्, एउटा केन्द्र, सात वटा प्रदेश र ७५३ स्थानीय सरकारका खुट्टा मिले भने विकास हुन्छ’ प्रधानमन्त्री ओलीले भने । आफ्नो नेतृत्वको सरकारले धेरै कुरा बुझेर विकास सुरू गरेको उनले बताए ।

‘यी सबै खुट्टा नचलिकन त देश चल्दैन । यति धेरै खुट्टा हालिसक्यौं अब शरीर गतिमा चल्नैपर्छ । अनि लक्ष्य प्राप्त गर्न सक्छौं, उनले भने, ‘खुट्टा कमजोर बनाएर गन्तव्यमा पुग्न सकिन्न ।’

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्