इलाममा घन्कियो – “मेचीकाली के भन्छ ज्ञानेन्द्र राजा ले भन्छ”


 


इलाम । पूर्वराजा ज्ञानेन्द्र शाहलाई इलाममा भव्य स्वागत गरिएको छ । निजी धार्मिक भ्रमणका नाममा जिल्ला आएका शाहलाई उनका समर्थकहरुले स्वागत गरेका हुन । पाँचथर भ्रमण सकेर इलाम आएका शाहलाई स्वागतका लागि उनका सर्मथकहरुले विहानैदेखि तयारी गरेका थिए । लामो समयको प्रतिक्षा पछि लामबद्ध भएर पूर्व राजाशाहलाई पुष्प गुच्छा तथा विभिन्न साँस्कृतिक झाँकी र नारा जुलुस सहित शाहको स्वागत गरिएको थियो ।

उनका समर्थकले ‘हाम्रो राजाहाम्रो देश, प्राणभन्दाप्यारो छ’ ‘राजाआउ, देश बचाउ’, मेचीकाली के भन्छ ज्ञानेन्द्र राजा ले भन्छ’ ‘नेपाली जनता के भन्छन्, राज संस्था ले भन्छन्’ जस्ता नारा लगाएका थिए । राजसंस्था हटेको दशक वितिसके पनि पूर्व राजा इलाम आउँदा तत्कालिन राजाकै झल्को पाईएको स्थानियको प्रतिक्रिया दिए ।

सर्वसाधारणको उपस्थिति देखि पूर्व राजाको जयजयकारले पुरानै झल्को दिएको दिएको थियो । शाहको स्वागतका लागि जिल्लाका विभिन्न गाउँ–गाउँबाट बालबालिकादेखि वृद्धवृद्धा उपस्थित भएका थिए । सदरमुकाम स्थित समिट होलटलबाट नविन चोकसम्म गाडीबाट आएका शाह नविन चोकदेखि माइस्थान मन्दिरसम्म पैदल पुगेका थिए । माईस्थान मन्दिरको दर्शन गरी करिब २० मिनेट पूजापाठ समेत गरेका छन् ।

प्रकाशित मिति: २१ चैत्र २०७५, बिहिबार

प्रतिक्रिया दिनुहोस्