सुनकाे मूल्य घट्याे


 


काठमाडाैं, फागुन ४

डेढ वर्षयताकै महँगो भएको सुनको मूल्य आज भने घटेको छ। सुनको भाउ आज तोलाको ८ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि सोमवार १ सय रुपैयाँले मात्रै घटेको सुनको भाउ आज ५४ हजार ६ सयमा कारोवार भएको छ।

यसअघि हिजो प्रतितोला ५५ हजार ४ सय रुपैयाँमा सुनको खरिदबिक्री भएको थियो।  त्यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ सस्तो भएको छ। यसअघि प्रतितोला ७ सय ४० रुपैयाँ रहेको चाँदी आज ७ सय ३० रुपैयाँमा झरेकाे छ ।

प्रकाशित मिति: ४ फाल्गुन २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्