हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन सुझाव


 


काठमाण्डौ । उपत्यकासहित देशभरी कै मौसम अहिले बदली भएको छ । पूर्वमा न्यूनचापीय क्षेत्र, पश्चिमी वायु, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरीकै मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकी मौसमविद् विभूति पोख्रेलका अनुसार यसकै प्रभावले शुक्रबार र शनिबार देशभरी कै मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने संभावना छ ।

आइतबारदेखि भने मौसममा केहि सुधार हुने उहाँको अनुमान छ । शुक्रबार तराईका सिमाना र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेकाले सावधानी अपनाउन उहाँको सुझाव छ ।

यस्तै आज देशका धेरै ठाउँमा मेघगजनसहित पानी पर्दा उच्च हिमाली र पहाडी भेगमा हिमपात पनि हुने संभावना पनि रहेको मौसमविद् पोख्रेलले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्