हावाहुरी पीडितलाई १ नंं प्रदेश सरकारले एक करोड दिने


 


विराटनगर, चैत २२

गत आइतबार साँझ बारा र पर्सा जिल्लामा गएको हावाहुरीबाट पीडितलाई प्रदेश नम्बर एक सरकारले पनि १ करोड रूपैयाँ सहयोग उपलब्ध गराउने भएको छ ।

बिहिवार साँझ बसेको प्रदेश सरकारको बैठकले एक करोड रूपैयाँ सहयोग गर्ने निर्णय गरेको हो । उपलब्ध गराईने रकम प्रदेश नम्बर २ सरकारको राहत तथा उद्दार कोषमा जम्मा गरिने आर्थिक मािमला तथा योेजना मन्त्री ईन्द्र आङ्बोले जानकारी दिनुभयो । त्यस्तै बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ ।

प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री आङ्वोले विभिन्न मन्त्रालयले कानुन बनाउन तथा अन्य कार्यविधिका प्रस्तावलाई सैदान्तिक स्विकृती दिएको जानकारी दिनुभयो । बैठकले प्रदेश प्रहरीको गठन, सेवा सर्त र सञ्चालन सम्बन्धमा गर्न बनेको विधेयक २०७५ लाई सैदान्तिक स्विकृती दिएको छ । त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्विकृत गरेको छ ।

वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ । त्यस्तै बैठकले दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ । संघसस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्य्विधि २०७५ लाई स्विकृत गरेको छ ।

प्रकाशित मिति: २२ चैत्र २०७५, शुक्रबार

प्रतिक्रिया दिनुहोस्