रुखले च्यापेर काँग्रेस निवर्तमान उप-सभापति घर्तीको निधन


 


बागलुङ : रुखले च्यापेर निसीखोला गाउँपालिकामा एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नम्बर ५ का स्थानीय तथा नेपाली काँग्रेस निसीका निवर्तमान उप–सभापति ३५ वर्षीय हिम बहादुर घर्ती रुख ढलाउने क्रममा रुखले च्यापेर ज्यान गएको स्थानीय हेम सापकोटाले जानकारी दिए ।

बिहिबार रुख ढलाउने क्रममा रुखले च्यापेर गम्भीर घाइते भएका घर्तीको हेलिकप्टर मार्फत पोखरा गण्डकी हस्पिटलमा लगिएको थियो । उनको हस्पिटलमा उपचार गर्ने क्रममा शुक्रबार मृत्यु भएको सापकोटाको भनाई छ ।

मृतक घर्तीलाई एम्बुलेन्स मार्फत शुक्रबार राति नै आफ्नै गाउँमा ल्याई शनिबार अन्तिम दाहासंस्कार गरिएको छ । घर्तीको नेपाली काँग्रेस बागलुङ क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति दोर्ण कुमार कुँवर र संघीय सांसद ज्ञान कुमारी छन्त्यालले पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्