गुट उपगुटले काँग्रेस कमजोर : शंशाक कोईराला


 


भक्तपुर । नेपाली कांग्रसका महामन्त्री डा शंशाक कोइरालाले वर्तमान सरकारले संघीयतामा विश्वास नगरेको आरोप लगाएका छन् । नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले नयाँ वर्ष २०७६ तथा प्रसिद्ध बिस्काः जात्राको अवसरमा नगदेशको छ्वासटोलमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा महामन्त्री कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश र स्थानीयलाई दिनुपर्ने अधिकार आफैमा राखेर संघीयता कमजोर बनाउन लागेको बताए ।

उनले भने, ‘मुलुक अप्ठ्यारो अवस्थामा पुगेको बेला दुई तिहाईको सरकार सबै अधिकार आफैं राख्ने प्रयत्न गर्देछ जुन संघीयताविरोधी छ । यसले सरकार संघीयतामा विश्वास गर्दैन भन्ने देखाएको छ ।’

सरकारको एक वर्षे कामको मुल्यांकन गर्दै महामन्त्री डा कोइरालाले सरकारले ठोस योजना ल्याउन नसकेको बताउँदै शान्ति सुव्यवस्था कायम हुनुको बदला मुलुकमा हत्या, हिँसा, बलात्कार, भ्रष्टाचारका घटना बृद्धि भएको बताए ।

कोइरालाले गुट उपगुटले पार्टी कमजोर हुँदै गएको स्वीकार गर्दै कांग्रेस एकतावद्ध गरेर अघि बढाउन सके आगामी निर्वाचनमा मुलुकको ठूलो दल बन्ने दाबी गरे ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्