एक सातामा मुख्यमन्त्री राहत कोषमा ७४ लाख जम्मा


 


जनकपुर– गत आइतबार बारा–पर्सामा आएको विनाशकारी आँधीबाट पीडित भएकाहरुका लागि सहयोग संकलन गर्न प्रदेश नम्बर २ सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री राहत कोषमा करीब ७४ लाख रुपैयाँ जम्मा भएको राहत तथा उद्धार व्यवस्थापन समितिले जनाएको छ ।

प्रदेश २ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेको संयोजक ज्ञानेन्द्र कुमार यादवले चैत १७ गते खाता खुलेयता ७३ लाख ५४ हजार ३ सय ३० रुपैयाँ जम्मा भएको जानकारी दिए ।

चैत १८ गते देखि चालु भएको राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा सो दिन १ लाख १० हजार ६ सय ६२ रुपैयाँ, १९ गते ४ लाख ५ हजार ६ सय ६८ रुपैयाँ र २० गते ८ लाख १९ हजार रुपैयाँ, २१ गते १४ लाख र २२ गते ४६ लाख १९ हजार रुपैयाँ जम्मा भएको छ ।

प्रदेश २ सरकारले बारा–पर्सामा विनासकारी हावाहुरीमा परि मृत्यू भएका परिवारलाई ३ लाख रुपैयाँको दरले क्षतिपूर्ति दिने घोषणा गरेको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्