वर्षापछि विराटनगरका धेरै स्थानमा पानी जमेर हिलाम्मे


 


विराटनगर । विराटनगरमा आज शनिबार दिउँसो परेको मुसलधारे बर्षाले विराटनगरको बजार अस्तव्यस्त भएको छ । विराटनगरका सडक तथा नाला निर्माणाधिन छ ।त्यसैले पनि विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेर हिलाम्मे बनेको छ ।

कतिपय स्थानमा जमेको पानी निकास हुन नसकेर जलमग्न भएका छन् ।आज करिब आधा घन्टा भएको अविरल बर्षाका कारण विराटनगरका धेरै स्थान हिलाम्मे भएर सर्वसाधरणले सास्ती खेप्नु परेको हो । एडिवी प्रोजेक्ट अन्तर्गत हाल विराटनगरका हरेक सडक तथा नालाहरुको आकार बढाईदै छ ।

विराटनगरको मुख्य बजार तथा भित्री सडकहरु निर्माणाधिन भएका कारण बाटोहरु अस्तव्यस्त रहेको छ । चारैतिर एकै पटक खनिदिनाले आमसर्वसाधरणलाई समस्या खेप्नुपरेको छ ।कोशी अञ्चल अस्पतालको मुख्य प्रवेशद्धारामा एक छिन परेको अविरल बर्षाले गर्दा पानी छिर्ने निकासा नहुदाँ जलमग्न भएको थियो ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्