बाबुराम भट्टराईले भने : नयाँ शक्ति पार्टी काठमाडौंमा खोलिएका मःम पसल जस्तो होइन


 


बुटवल । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा।बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी काठमाडौमा खोलिएका मःम पसल जस्तो नभएको बताएका छन् । आज बुटवलमा आयोजित पत्रकार सम्मेनमा बोल्दै पूराना पार्टीहरु भन्दा नयाँ शक्ति पार्टी फरक रहेको उनले दाबी गरे ।

उनले भने, ‘हामीलाई तपाईहरु काठमाडौमा खोलिएका १० वटा पसलमा अर्को थपिएर ११ औं बने जस्तो होइन । मःम पसल थपिए संस्था बढ्ने हो । तर टेस्ट पुरानै । हाम्रो पार्टी त्यो होइन । नयाँ टेस्टसहित हो ।’

नयाँ शक्ति पार्टी विकुल्न नयाँ भएको दाबी गर्दे उनले विचार, संगठन र पुरानाभन्दा अलि फरक देश बनाउन आफूहरु लागिरहेको बताए ।

उनले विश्वमा नयाँ विचारको बहस भएकाले हालै युरोप भम्रण सोही अध्ययन गर्दा नेपाललाई नयाँ ढंगबाट लैजानको लागि नयाँ शक्तिको आवश्यकता रहेको समेच बताए ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्