हावाहुरीले सर्लाहीमा फेरि एक जनाको ज्यान गयो


 


सर्लाही । सर्लाहीको रामनगर गाउपालिपाका– १ मा शनिवार दिउँसो चलेको हावाहुरीको कारण एक जनाको मृत्यु भएको छ। दिउँसो बाटोमा हिडिरहेका बेला घर भत्किएर किच्दा स्थानीय ४५ वर्षका पनिलाल सहनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक प्रतीतसिह राठौरले जानकारी दिनुभयो ।

स्थानीय राजाराम चौधरीको घरमा लगाएको बासको बेरा भत्किएर किच्चदा उनको मृत्यु भएको हो ।बासको बेराले किचेर गम्भीर घाइते भएका उनलाई उपचारको लागि जिल्ला अस्पताल मलंगवा लादै गर्दा बाटोमै मृत्यु भएको हो। मृतकको शव परिक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ ।

प्रकाशित मिति: २३ चैत्र २०७५, शनिबार

प्रतिक्रिया दिनुहोस्