विकास बोलेर होइन, गरेर देखाउँछु : सांसद बस्नेत


 


भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रभावशाली युवा नेता, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कला, संस्कति र सम्पदा भक्तपुरको शान भएको बताउँदै आफुले निर्वाचनका समयमा जनतासँग गरेका गरेको प्रतिवद्धता तथा विकास निर्माणमा आवाज उठाउनमात्र नभई आवज उठाएका सवै कुराहरु पुरा गर्ने बताउनुभएको छ ।

भक्तपुर नगरपालिकामा रहेको खिंछे दाफा भजन खलद्वारा शनिवार आयोजित बृहत बनभोज कार्यक्रममा बोल्दै सांसद बस्नेतले क्रियाशिलताको आधारमा अस्थित्व निर्माण हुने र क्रियाशिलता नभए उसको अस्थित्व समाप्त हुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘राज्यको प्रमुख निकायसँग जति क्रियाशिलता बनायो त्यती हामी बलियो हुन्छौं, विगतमा शक्ति र पहुँच नभएका तथा विकास निर्माणमा कुनै पहुँच नभएका व्यक्ति निर्वाचित हुनु नै भक्तपुर पछि पर्यो । अब त्यस्तो दिनको समाप्त भयो ।’

पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले कला, संस्कृति र सम्पदाको राजधानी तथा भक्तपुरको शान भएको बताउँदै पहुँचका भरमा केही व्यक्तिहरुले सार्वजनिक जग्गालाई कव्जा गरेको र त्यसलाई आगामी दिनमा क्रमिक रुपमा कब्जा गरीएको जग्गालाई पूनः सार्वजनिक बनाउने समेत बताउनुभयो ।

उहाँले विकासमा तीनै तहको सरकारसँग सहकार्य गरी अघि बढ्ने बताउँदै आवश्यकता अनुसार संघर्ष गरेर भएपनि राज्यको स्रोत, साधनलाई भक्तपुरमा ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा राष्ट्रिय गौरवका ठूला ठूला योजनाहरु पार्न सफल भएको जानकारी गराउनुभयो । स्मार्ट सिटी, प्राणी उद्यान, आधुनीक वीर अस्पताल, अन्तर्राष्ट्रिय सभा गृह, अन्र्राष्ट्रिय रंगशाला लगायतका ठूला आयोजन भक्तपुरमा ल्याउन सफल भएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्