सरकारी जग्गा कब्जा गरेर भाटभटेनी सुपरमार्केट


 


काठमाडौँ । मुआब्जा दिएर सरकारले अधिग्रहण गरेको बालुवाटारस्थित ललितानिवासले चर्चेको जग्गामा भाटभटेनी सुपरमार्केट र गैरआवसीय नेपाली संघ (एनआरएनए)का भौतिक संरचना निर्माण गरिएको तथ्य सार्वजनिक भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो स्रोतका अनुसार डिल्लीबजार मालपोत कार्यलयका कर्मचारीसँग मिलेर ललितानिवासका तत्कालीन भोगाधिकारीले भूमाफिया र व्यापारीलाई अनधिकृत रुपमा बिक्री गरेको जग्गामा भाटभटेनी र एनआरएनएले भौतिक संरचना बनाएका हुन् ।

ती दुवै संरचना र त्यससँग जोडिएको जग्गा पुनः सरकारका नाममा ल्याउने तयारी भइरहेको छ । भाटभटेनी र एनआरएनले भौतिक संरचना निर्माण गरिएको जग्गाबारेको यो खुलासा आजको नागरिक दैनिकमा मत्रिका दाहालले गरेका छन ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्