प्रधानमन्त्री ओलीले बाचा पूरा गरे


 


काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले गरेका अठोटअनुसार अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेका तुइनलाई झोलुङ्गे पुलबाट विस्थापित गरेर मुलुकलाई तुइनमुक्त बनाउने कार्य अन्तिम चरणमा पुगेको छ ।

तुइनको पहिचान भई झोलुङ्गे पुल बनाउन सम्भव भएका स्थानहरुमा आगामी आर्थिक वर्ष्भित्र तुइन विस्थापित गर्ने कार्य पूरा हुने भएको छ । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा सिंहदरबारमा पदभार ग्रहण गर्दै मुलुकमा रहेका तुइन दुई वर्ष्भित्रमा झोलुङ्गे पुलले विस्थापित गरिने सरकारको पहिलो निर्णयमा हस्ताक्षर गरेका थिए । उनले पदभार ग्रहण गरेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय अनुमोदन गरेको थियो ।

प्रकाशित मिति: २४ चैत्र २०७५, आइतबार

प्रतिक्रिया दिनुहोस्