सत्तारुढ नेकपा निकटम अखिल क्रान्तिकारीको कार्यवाहक अध्यक्षमा बस्नेत


 


काठमाडौं। सत्तारुढ नेकपा निकट अनेरास्ववियू(क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधरण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेका छन् । नेपालको प्रतिनिधिमण्डलमा युवा संघ,नेपालका सचिव सन्तोष पौडेल र अनेरास्ववियु प्रवक्ता सुदिप शर्मा रहेका छन्।

तामाङले आफ्नो अनुपस्थितपमा क्रान्तिकारीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष सुरेन्द्र बस्नेतलाई दिएका छन् । यसअघि क्रान्तिकारीको संस्थापक प्रवक्ता र सचिव को जिम्मेवारी निर्वाह गरिसकेका बस्नेत क्रान्तिकारीको गत राष्ट्रिय सम्मेलनवाट खुल्ला तर्फबाट सवैभन्दा धेरै मत प्राप्त गरी उपाध्यक्षमा निर्वाचित भएका थिए। बस्नेतलाई आजै अध्यक्ष तामाङले कार्यवाहक अध्यक्षको पत्र दिएका छन् ।

प्रकाशित मिति: २५ चैत्र २०७५, सोमबार

प्रतिक्रिया दिनुहोस्